गोरखाखबर(गोरखा,२२ फागुन) । गोरखाको मान्वुको धोरतमा गएराती जीप दुर्घटना हुदा धार्चे गाउँपालिका वडा नं ६ का वडा सचिव किरण रिमालको मृत्यु भएको छ । दुर्घटनमा परेर धार्चे गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङ सहित ७ जना घाइते भएका छन ।

दुर्घटनामा ज्यान गुमाउने लमजुङ घर भएका वडा सचिव किरण रिमाल रहेको प्रहरीले जनाएको छ । धार्चेको काशीगाउँमा बिहीवार हुने कार्यक्रममा सहभागी हुनका लागि जादै गर्दा मान्वुको धोरतमा उनीहरुको चढेको ग.१.ज.५५०५ नम्वरको बोलेरो जीप दुर्घटना भएको गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार घाइतेहरु लाई हेलिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी भइरहेको छ ।