जनयुद्ध जायज थियो : अध्यक्ष प्रचण्ड


गोरखा खबर
  • शुक्रबार, फाल्गुन २ २०७६

  • गोरखाखबर(गोरखा,२ फागुन)। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा गरेको जनयुद्ध आवेशमा नभई जायज भएको दाबी गरेका छन ।

    नेपालका प्रथम शहिद लखन थापाको १४३ औं स्मृति दिवसको अवसरमा बुंकोटको काउलेभङ्गारमा शुक्रवार आयोजित सभामा बोल्दै अध्यक्ष दाहालले भने–“ अन्याय विरुद्ध भएका लखन थापा ,भीमदत्त पन्त र कामी बुढा लगायतले गरेको विद्रोहको जगमा माओवादी विगतको गरेको जनयुद्ध जायज थियो । यदि आवेगमा गरेको युद्ध भएको भए शान्ति प्रक्रिया हुदै अहिले गणतन्त्र सम्म आउने नै थिए । कार्यक्रममा प्रथम शहिद लखन थापामगरका सहयोगी जनयसिंह चुमी रानामगरका पनाती लगायतका शहिद परिवार लाई सम्मान गरिएको थियो ।जहाँनिया राणा शासनको विरुद्धमा विद्रोह गरे वापत लखन थापा मगर सहित उनका सहयोगी जयसिंह चुमी रानामगर लाई गोरखाको काउलेभङ्गारमा झुण्डाएर मृत्यु दण्ड दिएको इतिहास छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार