शनिवार पनि पानी पर्ने


गोरखा खबर
  • शुक्रबार, माघ ३ २०७६

  • गोरखाखबर(काठमाण्डौं,३ माघ) । पहाडी तथा तराई भू–भागका थोरै स्थानहरुमा शनिवार हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले शुक्रवार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका भइरहेको वर्षा र हिमपात शनिवार राती सम्म पनि जारी रहने सम्भावना रहेको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध पनि मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार