गोरखाखबर(गोरखा,३ माघ) । भ्रमणवर्षमा पर्यटक आर्कषण गर्न सबै जिल्लाले आ–आफ्नो पर्यटकीय गन्तव्य प्रचार गरिरहेको बेला गोरखामा भने भएको ऐतिहासिक गोरखा दरबारको पुननिर्माण समेत सम्पन्न भएको छैन । २०७४ पुसबाट पुननिर्माण शुरु गोरखादरबारको अहिले सम्म भुइतलाको झ्यालढोका राखेर पर्खाल लगाउने मात्र काम भएको छ । दरबारको पुननिर्माण लम्बिदा पुरानो दरबारको ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको संरक्षणमा समस्या भएको छ ।

पुननिर्माणका क्रममा भत्काए पछि गोरखा दरबारमा रहेको तत्कालिन राजा पृथ्वीनारायण शाहको ऐतिहासिक राजगद्दी अहिले हेरचार अड्डाको गोदाममा थन्किएको छ । गद्दी मात्र होइन नेपालीको एकीकरणको इतिहास संग सम्वन्धित तत्कालिन कलाकौशल बाट बनेको गोरखा दरबारको काठको झ्याल,ढोका,दलान लगायतका सामाग्रीहरु यत्रतथ राखिएको छ । विशेष महत्वको यस दरबारको पुननिर्माणमा भइरहेको ढिलाईले कतै ऐतिहासिक र पुरातात्विक सामाग्री नै नष्ट हुने की भन्ने खतरा बढेको इतिहासविद् प्रा.डा.दिनेशराज पन्तको भनाई छ । पुरातत्व विभागले बोलपत्र मार्फत ४ करोड ३७ लाख रुपियाँमा लागतमा गोरखा दरबार पुनर्निर्माण पचली भैरब शिवाको जेभी कन्ट्रक्शनले गरिरहेको छ । २०७६ मंसिर सम्म दरबारको पुननिर्माणको २०७७ जेठ सम्मको म्याद विभागले थपेको छ । गत पुसमा गोरखा दरबार अवलोकनका लागि आएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष २०२० भित्र गोरखा दरबार पुननिर्माण सक्ने दाबी गरे । भत्काए पछि दरबारका काठ लगायतका सामाग्रीहरु भण्डारण गरेर राखेको भए पनि पुननिर्माणमा ढिलाई हुदा घामपानी र चिसोले कपितय सामाग्री कुहिने अवस्था भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भूषालले जानकारी दिए ।