गोरखाखबर(गोरखा,२६ पुस) । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गोरखा नगरपालिकाले आउनु्होस् हजुर गोरखा गीत सार्वजनिक गरेको छ । गोरखा नगर पालिकाले पृथ्वी जयन्ती अबसर पारेर आफ्नो नगर भित्र रहेको ऐतिहासिक, धार्मिक , पर्यटकीय महत्त्व झल्कीने गित म्युजिक भिडियो सहित शनिवार सदरमुकाममा एक कार्यक्रम बीच सार्वजनिक गरेको हो।

हाम्रो सुन्दर गोरखा नगरी
विरहरुको जन्मभूमि यो
देवहरुको पूण्यभूमि यो
प्रकृतिको उपहार स्वर्ग भूमि यो
राजा राम जन्मे,पृथ्वी जन्मे यही माटोमा
विषे नगर्ची जन्मे, भीमसेन जन्मे यही माटोमा
लगायतका शब्द रहेको गीतको रचना गोरखाका राजुबावु श्रेष्ठले गरेका हुन भने संगीत गोरखाकै सुनिल मास्केले दिएका छन । मनोजराज शिवाकोटी र मीना निरौलाको स्वर रहेको ६ मिनेट लामो यस गीतको म्युजिक भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन ।
भिडियो