गोरखाखबर(गोरखा,२० पुस) । जातिय विभेद विरुद्धकी अभियन्ता रिता परियार सम्मानित भएकी छिन । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारीको उपस्थितीमा आइतवार एक कार्यक्रम बीच गोरखा नगरपालिकाको तर्फबाट प्रमुख राजनराज पन्तले परियार लाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

गोरखा नगरपालिका वडा नं ६ की रिता परियारले २०७५ चैत ३ देखि २०७६ बैशाख २९ गते सम्म जातिय विभेद तथा छुवाछुत व्यवहारिक अन्त्यका लागि महाकाली दोधारा चाँदनी देखी मेचीनगर काकडभिट्टा सम्मको एकहजार ३ सय२८ किमि पैदलयात्रा ५४ दिनमा पुरा गरेका थिइन । यात्राको क्रममा ८७ बस्तीमा पुग्नुका साथै १ लाख १७ हजार मानिसहरु संग प्रत्यक्ष छलफल र सबांद गरेको सम्मानित भएकी रिता परियारले जानकारी दिइन ।