गोरखाखबर(गोरखा,२० पुस) । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारीले महिला, दलित लगायत पछाडी परेकाहरुको सशक्तिकरण बाट मात्र विकास सम्भव रहेको बताइएकी छिन ।

गोरखा नगरपालिकाले महिला तथा दलित जनप्रतिनिधिका लागि आयोजना गरेको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको आइतवार उद्घाटन गर्दै आयुक्त अन्सारीले तालिमले जीवनमा परिवर्तन ल्याउन मद्दत पु-याउने भएकोले एक विषयको तालिम एक पटक मात्र लिन सुझाव दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख बिना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । अभिमुखीकरण कार्यक्रममा गोरखा नगरपालिकाका विभिन्न वडाका महिला तथा दलित जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।