गोरखाखबर(गोरखा,१३ पुस) । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतवार एक सुचना प्रकाशन गरेर पुस १५ गते गण्डकी प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकार(मन्त्रीपरिषद)बाट मिति २०७५ चैत २८ गते निर्णय भएको हुदा बिदाको सुचना प्रकाशन गरेको जनाएको छ ।
