पारिवारिक चरित्र हत्या गरेको भन्दै गायक ढकालद्वारा खेद व्यक्त


गोरखा खबर
  • बिहिबार, पुष १० २०७६

  • गोरखाखबर(काठमाण्डौं,१० पुस) । गायक रामकृष्ण ढकालले आफू र जीवनसंगिनीको सम्वन्ध विच्छेदमा निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गरेका छन । गायक ढकालले बिहीवार अपरान्ह १.२० मिनेटमा फेसबुकमा फोटो सहित स्टाटस पोष्ट गरेका छन ।

    गायक ढकाल स्टाट्समा लेख्छन :–“विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु । सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ(आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

    प्रतिक्रिया

    सम्बन्धित समाचार