किन दुर्लभ हो आजको सूर्यग्रहण ?


गोरखा खबर
  • बिहिबार, पुष १० २०७६

  • एजेन्सी(काठमाण्डौं, १० पुस) । नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने खगोलशास्त्रीहरूले बताएका छन्। तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ।

     

    नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्।बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार बिहीवार बिहान ८ः४३ बजे काठमाण्डूबाट सूर्यग्रहण देखिनेछ। त्यस्तै ८ः३३ बजे महेन्द्रनगरबाट र ८ः४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिनेछ।उनका अनुसार काठमाण्डूमा ११ः३३ बजे सूर्यग्रहण सकिनेछ।उनका अनुसार यो सूर्यग्रहणलाई दुर्लभ खालकै सूर्यग्रहण मान्न सकिन्छ । सूर्यग्रहण र चन्द्रग्रहण दुई खालका हुन्छन् – खग्रास र खण्डग्रास। खग्रास भनेको पूरै ढाकिने खालको हो भने खण्डग्रास भनेको अलिकति मात्र ढाकिने हो। यो खण्डग्रास सूर्यग्रहण हो। यसमा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ। वास्तवमै यो सूर्यग्रहण अलि दुर्लभ खालको हो। किनभने यो चुराजस्तो हुन्छ। यसमा बीचमा केही देखिँदैन र सूर्य सुनको बालाजस्तो देखिन्छ। त्यसको कारण के हो भने अहिले चन्द्रमा पृथ्वीभन्दा निकै टाढा रहेको बिबिसी नेपाली सेवाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार