गोरखाखबर(काठमाण्डौं,८ पुस) । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मंगलवार प्रधानमन्त्री समक्ष राजीनामा पेश गरेका छन ।

प्रधानमन्त्री लाई सम्वोधन गरेर लेखिएको मन्त्री यादवको राजीनामा पत्रमा संविधान संशोधन लगायतका विषयमा भएको दुई बुँदे सहमतीको आधारमा सरकारमा सहभागी भएको तर सहमति बाट सरकार पछाडी हटेर एकतर्फी रुपमा सहमति तोडेकोले नैतिकताको आधारमा आजैको मितिबाट लागू हुने गरी राजीनामा पेश गरेको उल्लेख छ । राजिनामा पत्रमा भनिएको छ –“२०७६ पुस ७ गतेको मन्त्रीपरिषदको बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवं कानुन,न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतमा मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरेर दुईबुँदे सहमतिबाट सरकार पछाडी हट्यो ।”
