पालुङटार नगरपालिकाले दियो क्रिसमस र पृथ्वीजयन्तीमा बिदा(सुचना सहित)


गोरखा खबर
  • मंगलबार, पुष ८ २०७६

  • गोरखाखबर(गोरखा,७ पुस) । गोरखाको पालुङटार नगरपालिकाले क्रिसमस–डेको अवसरमा पुस ९ गते र पृथ्वीजयन्तीको पुस २७ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

    पालुङटार नगर कार्यापालिकाको मंगलवार बसेको बैठकले ईशाई धर्मालम्बीहरुको पर्व क्रिसमस–डेको अवसरमा पुस ९ गते र नेपाल एकीकरणको थालनीकर्ता तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मदिन पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पालुङटार नगरपालिकाको प्रशासन प्रमुख दिपेन्द्र अर्यालद्वारा मंगलवार जारी हस्ताक्षरित सुचनामा नगरपालिका कार्यालय र त्यस अन्र्तगतका कार्यालयहरुमा उक्त दिनहरुमा सार्वजनिक बिदा हुने उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार