गोरखाखबर(गोरखा,८ पुस) । गोरखा साहित्यिक मञ्चको आयोजनामा गोरखा क्याम्पसमा सोमवार स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बिबिएस र बिएड प्रथम वर्षका विद्यार्थीहरुका लागि साहित्यिक मञ्चले स्वागत कार्यक्रम आयोजना गरेको मञ्चका अध्यक्ष मिलन सुनारले जानकारी दिए । गोरखा क्याम्पसका प्रमुख विकास कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले गजल, कविता ,मुक्तक लगायतका साहित्यिक रचनाहरु वाचन गर्नुका साथै विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।