गोरखाखबर(गोरखा,८ पुस) । गोरखा पालुङटार नगरपालिका वडा नं ६ को बुढीचौरमा मंगलवार जीप दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

काठमाण्डौं जादै गरेको ग.१.ज.७४९४ नम्वरको जीप चिप्लीएर सडकमा पल्टिएर दुर्घटना भएको हो । घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।