बसको ठक्करबाट काठमाण्डौंमा गोरखाकी सृृष्टी पन्तको ज्यान गयो


गोरखा खबर
  • सोमबार, पुष ७ २०७६

  • गोरखाखबर(गोरखा,७ पुस) । काठमाण्डौंमा बसमा ठक्करबाट सोमवार बिहान गोरखा नगरपालिका वडा नं १३ देउराली प्युघरकी २१ वर्षीय सृष्टी पन्तको मृत्यु भएको छ ।

    ठक्कर बाट गम्भीर घाइते भएकी पन्त लाई अस्पताल पु-याए लगत्तै मृत्यु भएको थियो । पशुपति क्याम्पस चाबहिलमा बिबिएस चौथो ब्याचमा अध्ययनरत पन्तको क्याम्पस जाने क्रममा भक्तपुर रुटमा चल्ने बा.४.ख ५९२० नम्वरको बसले ठक्कर दिदा पन्तको ज्यान गएको प्रहरीले जनाएको छ । पन्तको मृत्यु पछि आक्रोशित दोषी उपर कारबाहीको माग पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा प्रदर्शन गर्नुका साथै भक्तपुर रुटमा चल्ने एउटा बसमा समेत आगजनी र तोडफोड गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार