गोरखामा ठडियो राष्ट्रिय विभूती भीमसेन थापाको शालिक


गोरखा खबर
  • शनिबार, पुष ५ २०७६

  • गोरखाखबर(गोरखा,५ पुस) । गोरखा नगरपालिका वडा नं ४ को पिपलथोकमा राष्ट्रिय विभूति भीमसेन थापाको पूर्णकदको शालिक स्थापना गएिको छ । भीमसेन थापाको मावली पिपलथोकमा राखिएको शालिकको एक समारोह बीच शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले अनावरण गरे ।

    गोरखा नगरपालिकाले २० लाख रुपियाँ खर्चेर मूतिकार नविन सुवेदीले बनाएको उक्त शालिक प्रोन्च धातुबाट बनेको हो । गोरखा नगरपालिकाले यस अघि निर्माण गरेको भीमसेन पार्कमा नै शालिकको पनि स्थापना गरेको हो । घर गोरखाको बोर्लाङ भए पनि आमा माइती आएको बेला पिपलथोकको मावलीघरमा भीमसेन थापा जन्मिएको ऐतिहासिक प्रमाणको आधारमा उनको जन्मथलोमा शालिकको स्थापना गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । त्यतिबेला प्रधानमन्त्रीका रुपमा मानिने मुख्तियार थापाले सबैभन्दा लामो समय ३२ वर्ष सम्म शासन गरेको इतिहास छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार