गोरखाखबर(गोरखा,४ पुस) । गोरखामा दोस्रो गोरखकाली मेला २०७६ शुक्रवार देखि शुरु भएको छ । हरमटारी क्लबले आयोजना गरेको मेलाको प्रतिनिधि सभाका सदस्य चुडामणी खड्काले उद्घाटन गरे ।

कृषि तथा औद्योगिक प्रर्दशनी, राष्ट्रिय कलाकारबाट विभिन्न गीत, नृत्य र हास्यव्यङ्ग प्रस्तुती, बालउद्यान ,जातजातिका भेषभुषा र खानपान रहेका क्लबका अध्यक्ष विशाल गुरुङले जानकारी दिए । हरमटारी खेलमैदानमा शुरु भएको मेला १३ सम्म सञ्चालन हुनेछ ।