गोरखाखबर(गोरखा,४ पुस) । प्रतिनिधि सभाका सदस्य चुडामणी खड्काले देशको भूमि र सार्वभौम सत्ता रक्षाका लागि नयाँ राष्ट्रिय एकता जरुरी रहेको बताएका छन ।

गोरखा हरमटारीमा शुरु भएको दोस्रो गोरखकाली मेलाको शुक्रवार उद्घाटन गर्दै सांसद चुडामणी खड्काले भने–“ देशको सीमा मिचिएको विषय कुटनितिक पहल मार्फत समाधान गरिनुपर्छ । यदि हुन सकेन भने हिजो हाम्रो पुर्खाहरुले देखाएको बाटो पछ्याएर भए पनि सावभौमसत्ता र भूमिको रक्षा गर्नु पर्छ ।” राष्ट्रको सार्वभौमसत्ता रक्षा लागि नयाँ राष्ट्रिय एकता अभियान पनि आवश्यक रहेको सांसद खड्काको भनाई छ ।