गोरखाखबर(गोरखा,१ पुस) । चितवन जन्ती जादा हराएका गोरखाका भरत अंगाई १३ दिन पछि नवलपुरमा मृत भेटिएका छन । छिमेकीकोविवाहमा गत मंसिर १९ गते चितवन जन्ती गएका अंगाई उक्त दिन देखि सम्पर्कविहीन थिए ।

गोरखा नगरपालिका वडा नं ६ आयुर्वेद कम्पनी गेट नजिक बस्ने वर्ष ४७ का भरत अंगाई नवलपुर जिल्लाको बिनय त्रिवेणी गाउँ पालिका स्थित नारायणी नदी किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ । नदी किनारामा भेटिएको पुरुष शवको साथबाट फेला परेको स्थायी लेखा नम्वर कागजातमा गोरखा नगरपालिका वडा नं ६ बस्नेत छविलाल अंगाई छोरा भरत अंगाई भन्ने पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।