गोरखाखबर(गोरखा,१ पुस) । गोरखा नगरपालिकामा पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा हुने भएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले पुस २७ गते पृथ्वीजयन्तीका दिन गोरखा नगरपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपालको एकीकरण शुरु भएको थलो गोरखा र एकीकरणका अगुवाई गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको सम्मानमा नगरपालिका मातहतका कार्यालयहरु वडा कार्यालय, विद्यालयहरु र स्वास्थ्य कार्यालय लगायतमा सार्वजनिक बिदा दिएको गोरखा नगरपालिकाले जनाएको छ । यो निर्णय प्रदेश र संघ मातहतमा कार्यालयमा भने लागु हुने छैन ।