गोरखाखबर(काठमाण्डौं, ३० मंसिर) । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको आइतवार राती निधन भएको छ । असहज महसुस भए पछि राती काठमाण्डौं चाबहील स्थित ओम अस्पतालमा लगिएको भट्टराई अस्पतालले मृत घोषणा गरेको थियो ।भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए ।

उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् । २०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेको भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए ।