गोरखाखबर(गोरखा,२८ मंसिर) । गोरखाको भीमसेन थापा गाउँपालिकाको वडा नं ५ वगुवा स्थित झण्ड प्रसाद ढकालको घरमा शुक्रवार राती आगलागी हुदा नगद, सुन सहित धनमाल जलेर नष्ट भएको छ ।

खाना पकाएर छाडेको आगो सल्किएर आगलागी हुदा ५ लाख नगद, करिब ५ तोला सुन्न, लत्ताकपडा सहित सामान र घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जानकारी सहित घटनास्थल पुगेको प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको र कुनै मानवीय भने नभएको पनि प्रहरीको भनाइ छ ।