बच्चा लाई बाक्य दिने शक्तिपीठ गोरखाको वक्रेश्वर


गोरखा खबर
  • बुधबार, मंसिर २५ २०७६

  • गोरखाखबर(गोरखा,२५ मंसिर) ।गोरखाको बक्रेश्वर महादेव नबोल्ने बालबालिका लाई बोली दिने देवताको रुपमा चिनिन्छ । गोरखाको शहिद लखनगाउँपालिकाको प्रसिद्ध मनकामना मन्दिरबाट पैदल आधा घण्टाको दुरीमा रहेको यो मन्दिर बारे धेरै भक्तजन अनभिज्ञ छन । गोरखाको शहिद लखन गाउँपालिका रहेको यो वक्रेश्वर महादेवको मन्दिर हो ।

    बोली फुट्ने उमेरमा समेत नबोलेका बालबालिका लाई लगेर पुजा गरेमा बोली फुट्ने यस मन्दिर प्रतिको जनविश्वास रहेको छ । स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेवले सतिदेवी बोकेर हिड्दा जिब्रो पतन भएकोले यो ठाउँमा वक्रेश्वर महादेव उत्पत्ति भएको धार्मिक मान्यता छ । बोल्ने उमेर पुगेर पनि नबोल्ने बालबालिका लाई यस मन्दिरमा ल्याएर पुजा गराउँदा बोली बोल्ने मन्दिरमा पुजारी फणिन्द्र बहादुर लामिछाने क्षेत्री बताउँछन । त्यहा वक्रेश्वर महादेव र वक्रेश्वरी माताको मन्दिरको रुपमा पनि यसलाई चिनिन्छ । प्रसिद्ध मनकामना र धार्मिक महिमा हुदाहुदै पनि प्रचारप्रसारको अभावका कारण वक्रेश्वर महादेव मन्दिर ओझेलमा परेको स्थानीयको भनाई छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार