गोरखाखबर(गोरखा,२२ मंसिर) । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा थानीथान पार्कको निर्माण हुने भएको छ ।

नेकपा कम्युनिष्ट पार्टी( नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन । गण्डकी प्रदेश सरकारको करिब २ करोड रुपियाँको बजेटमा मन्दिर, बगैंचा र बनभोज स्थल सहितको पार्क बन्न लागेको हो ।