गोरखाखबर(गोरखा,२० मंसिर )। गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गोरखा अस्पताल पुननिर्माण कामको अनुगमन गरेका छन ।

भूकम्प पछि पुननिर्माण भइरहेको गोरखा अस्पतालको बिहीवार मन्त्री बस्नेतले अनुगमन गरेका हुन । सोही क्रममा पुननिर्माण क्रममा अस्थायी रुपमा सञ्चालन भइरहेको स्वास्थ्य सेवा प्रवाहको बारेमा समेत जानकारी लिएका थिए । अनुगमनका क्रममा पुननिर्माणको प्रगति बारे पनि मन्त्री बस्नेतले चासो व्यक्त गरे ।