गोरखाखबर(गोरखा,१६ मंसिर) । गोरखाको धार्चे गाउँपालिकाले पत्रकार भीमलाल श्रेष्ठ लाई पर्यटन सदभावना दूत चयन भएका छन । कार्यपालिकाको सोमवार सम्पन्न बैठकले १५ वर्ष भन्दा बढी समय देखि पत्रकारिता गर्दै आएका श्रेष्ठ लाई पर्यटन सदभावना दूत घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मिस आदिवासी जनजाति २०१९ का उपाधि बिजेता एलिजा गुरुङलाई बालविवाह न्युनीकरण दूत घोषणा गर्ने निर्णय पनि गरेको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।

धार्चेको लाप्राकमा प्रचलित परम्परा मकै विवाहको वृत्तचित्र निर्माण गरेर धार्चे लाई देश विदेशमा चिनाउनका लागि योगदान गरे वापत सम्मान स्वरुप पत्रकार श्रेष्ठ लाई पर्यटन सदभावना दूतको सम्मान प्रदान गरेको हो । त्यस्तै श्रेष्ठ लाई एक औपचारिक समारोह बीच श्रेष्ठ लाई नगद ३० हजार सहित सम्मान गर्ने निर्णय समेत भएको छ । मकैविवाहका प्रचारका कारण धार्चेले पर्यटकको ध्यान खिचेको र त्यस्तै मिस आदिवासी जनजातिको उपाधिको जितले पनि धार्चेको पहिचान लाई उच्च बनाएकोले श्रेष्ठ र गुरुङ लाई गाउँपालिकाको तर्फबाट यो सम्मान प्रदान गरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाई छ ।