बुढीगण्डकी प्रभावितको आन्दोलनमा जनप्रतिनिधिहरुको ऐक्यबद्धता


गोरखा खबर
  • आइतबार, मंसिर ८ २०७६

  • गोरखाखबर(गोरखा,८ मंसिर) । बुढीगण्डकी प्रभावितहरुले भोलि सोमवार बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण ,मुआब्जा वितरण पुर्नवास तथा पुनस्थापना इकाइ कार्यालय गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा धर्ना दिने भएका छन । डुबानमा पर्ने गोरखाको आरुघाट, आर्खेत र धादिङको बिशालनगर खहरे क्षेत्रको छिटो तथा उचित मुआब्जा निर्धारणको माग गर्दै आएका प्रभावितहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन । यसअघि उनीहरु जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङ पनि धर्ना बसिसकेका छन ।

    प्रभावितहरुको माग र आन्दोलन प्रति गोरखा र धादिङका जनप्रतिनिधिहरुले पनि एक्यबद्धता जनाएका छन । इकाईमा बस्ने धर्ना कार्यक्रममा गोरखाका क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी पनि सहभागी हुने भएका छन । त्यस्तै गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रभावितहरुको माग र आन्दोलन प्रति आफ्नो पूर्ण सर्मथन रहेको तर धर्ना कार्यक्रममा भने यस अघि तय भइसकेको गोरखाका विभिन्न ठाउँका ३ वटा सडक शिलान्यास कार्यक्रममा सहभागी हुन पर्ने भएकोले उपस्थित हुन नसक्ने जानकारी दिए । उनले भने –“यो साता भित्रै मुआब्जाको विषय टुङ्गाउने पहल भइरहेको छ ।”

    प्रतिक्रिया

    सम्बन्धित समाचार