बुढीगण्डकीको मुआब्जा माग्दै धर्ना बसे पूर्व प्रधानमन्त्री भट्टराई सहित जनप्रतिनिधि


गोरखा खबर
  • बिहिबार, मंसिर ५ २०७६

  • गोरखाखबर(गोरखा,५ मंसिर ) । बुढीगण्डकीको बाँकी क्षेत्रको छिटो मुआब्जा निर्धारणको माग गर्दै पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई पनि बिहीवार जिल्ला प्रशासन कार्यालय गोरखा अगाडी धर्ना बसेका छन ।

    बुढीगण्डकी प्रभावितहरुले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्र्तगत गोरखाको जिल्ला प्रशासन कार्यालयको धर्नामा डा.बावुराम भट्टराई , राष्ट्रिय सभा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल लगायतका जनप्रतिनिधिहरु समेत २ घण्टा धर्नामा सहभागी भए । धर्नाको नेतृत्वको सम्वन्धित जिल्लाका सांसदले गर्ने कार्यक्रम अनुसार गोरखाको प्रशासन कार्यालय धर्नाका नेतृत्व गरेका सुरेन्द्रराज पाण्डले मुआब्जा निर्धारण गर्न अझै चासो नदिए अव हुने आन्दोलनको जिम्मेवार सरकार स्वयम हुनुपर्ने बताए ।सरकारले जग्गा किनबेच बन्द गरेको ४ वर्ष भइसक्दा पनि गोरखाको आरुघाट ,आर्खेत र धादिङको बिशालनगर , खहरे क्षेत्रको अहिले सम्म मुआब्जा निर्धारण नगरे पछि प्रभावितहरु आन्दोलित भएको हो । प्रभावितहरुले ६ गते धादिङ जिल्ला प्रशासन कार्यालय र ९ गते गोरखको घ्याल्चोक स्थित बुढीगण्डकी आयोजना कार्यालयमा धर्ना दिएको कार्यक्रम तय गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार