यातायत मजदुरले जुटाए साथी लाई मुद्दा लड्ने खर्च


गोरखा खबर
  • मंगलबार, मंसिर ३ २०७६

  • गोरखाखबर( गोरखा,३ मंसिर) । नेपाल यातायत स्वतन्त्र मजदुर संगठन गोरखाले आफ्ना सदस्य हरि श्रेष्ठको कानुनी उपचार खर्चका लागि ६६ हजार रुपियाँ प्रदान गरेको छ ।

    यातायत मजदुर हरि श्रेष्ठको सवारी दुर्घटना सम्वन्धी मुद्दा २० वर्ष पछि उल्टीए पछि उनलाई मुद्दामा कानुनी उपचार खोज्दा लाग्ने खर्चका लागि मजदुरहरु बीच आर्थिक संकलन गरेर उक्त सहयोग प्रदान गरेको हो । श्रेष्ठका पत्नी गीता श्रेष्ठ लाई एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गर्नुका साथै संगठनको तर्फबाट हिरासत भत्ता वापत ५ हजार २ सय ५० रुपियाँ पनि श्रेष्ठको लागि प्रदान गरेको नेपाल स्वतन्त्र यातायत मजदुर संगठन गोरखाले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार