बुढीगण्डकी प्रभावितद्वारा आन्दोलनको घोषणा


गोरखा खबर
  • मंगलबार, मंसिर ३ २०७६

  • गोरखाखबर(गोरखा,३ मंसिर) । छिटो र उचित मुआब्जा निर्धारणको माग गर्दै निर्धारण हुन बाँकी रहेका गोरखा र धादिङ क्षेत्रका स्थानीयले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छन ।

    घोषणा गरेको आन्दोलनको कार्यक्रममा अनुसार मंसिर ४ गते सम्वन्धित क्षेत्रका सांसदहरु एक्यबद्धताका लागि छलफल तथा ध्यानाकर्षण, मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना, मंसिर ६ गते ,जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना र मंसिर ९ गते बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा निर्धारण, वितरण, पुर्नवास तथा पुर्नस्थापना ईकाइको कार्यालय घेराउ रहेको छ ।जग्गा रोक्का गरेकोे ४ वर्ष भइसक्दा पनि अहिले सम्म मुआब्जा निर्धारण नगरे पछि उनीहरु आन्दोलन भएका हुन । गोरखाको आरुघाट, आर्खेत र धादिङको विशालनगर, खहरे लगायतका क्षेत्रको जग्गा अहिले सम्म मुआब्जा नै निर्धारण हुन सकेको छैन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार