गोरखाखबर(गोरखा,३ मंसिर) । बजार अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १, २, ४, ६ र ८ का ४७ वटा विभिन्न पसलहरुको मंगलवार अनुगमन गरेको छ । गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेत प्रसाद अंगाईको नेतृत्व , जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरु सहभागी टोलीले किराना पसल, होटल लगायतमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कतिपय पसलमा समयावधि नाघेको उपभोग्य सामाग्री राखेको, मूल्यसुची नराखेको , पसल दर्ता नभएको तथा स्थायी लेखा नम्वर नलिएको लगायतका पाइएको र २ हप्ता भित्र पसल दर्ता गर्न समय दिएको अनुगमन टोलीका प्रशासकीय अधिकृत चेत प्रसाद अंगाईले जानकारी दिए ।