निशुल्क शिविरमा ८ सय बढीको मुटु परिक्षण


गोरखा खबर
  • सोमबार, मंसिर २ २०७६

  • गोरखाखबर(गोरखाखबर, २ मंसिर) । गोरखामा अस्पतालमा सोमवार सम्पन्न शिविरमा ८ सय ४७ जनाले मुटुको परीक्षण गराएका छन । मनमोहन कार्डिथोरासीक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोगमा जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, रोटरी क्लब र रोट्रयाक क्लब अफ गोरखाको समन्वयमा गोरखा अस्पतालमा एक दिने निशुल्क मुटु शिविर सम्पन्न भएको हो ।

    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर टून्सप्लान्ट सेण्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा ३ सय ४२ को इसिजी , २ सय २ जनाको इको गर्नुका साथै १७ जनालाई मनमोहन ट्रान्सप्लान्ट सेण्टरमा नै सहुलियत सहित थप उपचारका सिफारिस गरिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । मुटु परीक्षण लागि आउने मध्ये अधिकांश युवाहरुमा उच्चरक्तचाप लगायतका मुटु सम्वन्धी समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरुको भनाई छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार