सुनका गहना चोरी गर्ने पक्राउ


गोरखा खबर
  • मंगलबार, कार्तिक २६ २०७६

  • गोरखाखबर(गोरखा,२६ कात्तिक) । व्यक्तिको घरबाट चोरी गरेको सुन चाँदीका गहना सहित गोरखामा  प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । गोरखा सदरमुकाम स्थित ध्रुव कुमार भट्टको घरबाट गत कात्तिक २० गते चोरी भएको सुनका गहनाहरु रानीहार,१ थान, औंठी १ थान, सिरबन्दी १ थान, तिलहरी १ थान ,चन्द्रमा १ थान, मुन्द्री १ थान र फुली २ थान, चाँदीका ब्रासलेट र सिक्री १ थान सहित संलग्न ३ जना लाई प्रहरीले पक्राउ गरेको हो ।

    चोरीमा संलग्नहरु लाई पक्राउ पछि मंगलवार पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै प्रहरी

    बरामद भएको गहना सहित चोरीमा संलग्नहरु लाई जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक गरेको छ । सुनका गहना सहित पक्राउ पर्नेहरुमा बारपाक सुलिकोट गाउँपालिका ८ का २३ वर्षीय सुमन बराम, गोरखा नगरपालिका ५ का २१ वर्षीय राजकुमार नेपाली र वर्ष २० का राजकुमार मग्राती रहेको गोरखा एसपी ओम अधिकारीले जानकारी दिए ।

    पक्राउ परेकाहरु बाट प्रहरीले बरामद गरेको सुन र चाँदीका गहनाहरु

    प्रतिक्रिया

    सम्बन्धित समाचार