गोरखाखबर(गोरखा,१९ कात्तिक) । नेपाल अफ्रिका फिल्म महोत्सवमा गोरखाका पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको लाप्राकमा प्रचलित मकै विवाह सम्वन्धी वृत्तचित्रले आदिम फिल्म क्रियटिभ पुरस्कार प्राप्त गरेको छ । फिल्म महोत्सवको समापनको अवसरमा फिल्मका निर्देशक श्रेष्ठ लाई काठमाण्डौंमा उक्त पुरस्कार प्रदान गरेको हो । सोही प्रतियोगितामा समावेश अन्य दुई फिल्मका निर्देशक लाई पनि पुरस्कार दिइएको छ ।

श्रेष्ठले निर्माण गरेको वृत्तचित्र मकै विवाहले यस अघि पनि मेरो गाउँ मेरो ठाउँ राष्ट्रिय वृत्तचित्र प्रतियोगितामा बेस्ट स्क्रिप्ट राइटरको अवार्ड पाइसकेको छ । वृत्तचित्रका निर्देशक श्रेष्ठ कान्तिपुर टेलिभजिनका संवाददाता हुन । महोत्सवमा भएको मकै विवाह वृत्तचित्र प्रर्दशनीमा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ्ग र लाप्राक सहित धार्चे गाउँपालिकाका वासिन्दाहरुको पनि सहभागीता रहेको थियो । नोभेम्वर २ देखि ४ सम्म राष्ट्रिय नाँचघर जमलमा भएको ३ दिने फेस्टीबलका लागि नेपाल सहित नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे , जर्मनी लगायत देशका गरी कूल २५ वृत्तचित्रको प्रर्दशन भएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।
फिल्म महोत्सवमा दर्शक संग अन्तरक्रियाको क्रममा मकै विवाह वृत्तचित्रका निर्देशक भीमलाल श्रेष्ठ । साथमा अतिथिका रुपमा गोरखा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङ्ग
नेपाल अफ्रिका फिल्म महोत्सवमा सहभागी अतिथि, आयोजक र पुरस्कृत निर्देशकहरु सामूहिक तस्वीर खिचाउँदै ।
राष्ट्रिय नाँचघर काठमाण्डौको जमलमा नेपाल अफ्रिका फिल्म महोत्सवमा छनौट भएका विभिन्न देशका फिल्म हर्दे दर्शकहरु ।