गोरखाखबर(गोरखा,१६ कात्तिक) । गोरखा सेवा समाज नेपालको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा पुन: कैलाशबावु श्रेष्ठ लाई चयन गरेको छ ।

गोरखा बजारमा सम्पन्न समाजको पहिलो अधिवेशनले उपाध्यक्षहरुमा राकेश श्रेष्ठ, इमानजंग बानियाँ, सचिवमा गणेश बहादुर बानियाँ, कोषाध्यक्षमा काजीराम बानियाँ, सहसचिवमा वसन्तमान श्रेष्ठ , सह–कोषाध्यक्षमा ज्ञानेन्द्र न्यौपाने र सदस्यहरुमा सन्दिप खत्री, रिक्त बहादुर बाँनियाँ, शरद श्रेष्ठ, खिल प्रसाद तिवारी र सुजन धिताल लाई चयन गरेको छ ।