प्रहरीले ४४ जना फरार लाई अदालतमा बुझायो


गोरखा खबर
  • शनिबार, कार्तिक १६ २०७६

  • गोरखाखबर(गोरखा,१६ कात्तिक) । कैद तथा जरिवाना फैसला भए पनि विभिन्न मुद्दामा फरार रहेको ४४ जना लाई पक्राउ गरेर प्रहरीले गोरखा जिल्ला अदालतमा बुझाइसकेको छ ।

    फरारको खोज तलास अभियान सञ्चालन भए पछि कैद तथा जरिवाना फैसला भई फरार रहेका ४४ जना लाई विभिन्न मितिमा पक्राउ गरेर अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार गत असोज २४ देखि कात्तिक १५ सम्ममा मात्र पनि ११ जनालाई पक्राउ गरेर गोरखा जिल्ला अदालतमा बुझाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार