गोरखाखबर( गोरखा, १० कात्तिक) । गोरखाको नारेश्वर घलाङ राष्ट्रिय माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित महायज्ञमा गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष कुमार पन्त ३ लाख रुपियां सहयोगको घोषणा गरेका छन ।

महायज्ञमा बोल्दै एनआरएनका अध्यक्ष कुमार पन्तले अब लगानी मात्र भित्राउने नभइ गैरआवासीय नेपाली सीप र प्रविधि भित्राउने कुरामा जोड दिने बताए । गृहजिल्ला गोरखामा एनआरएनका अध्यक्ष पन्त लाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेको छ । निर्वाचित भए पछि गोरखा आएका नारेश्वरमा आयोजित ज्ञान सप्ताह महायज्ञमा पन्त लाई गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्री लेख बहादुर थापाले दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै गोरखा उद्योग वाणिज्य संघ र गोरखा चेम्वर अफ कमर्सले छुट्टाछुट्टै कार्यक्रम गरेर सम्मान गरेको छ । पन्त गोरखा जिल्ला गण्डकी गाउंपािलका फुजेल निवासी हुन ।