गोरखाखबर(गोरखा,७ कात्तिक) । सरकारले तिहारको भोलिपल्ट कात्तिक १३ गते बुधवारको दिन पनि सार्वजनिक बिदा दिएको छ । नेवारी तिथि अनुसार अन्य पात्र संग नमिले भन्दै नेवार समुदायले बिदाको माग गर्दै आएको थियो ।

कात्तिक ५ गतेको बसेको मन्त्री परिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अशोक कुमार राइले जारी गरेको सार्वजनिक बिदाको सुचनामा भनिएको छ –“किजा पुजाको अवसरमा कात्तिक १३ गते बुधवारका दिन नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।