गोरखाखबर(गोरखा,७ कात्तिक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनिया राष्ट्रपतिको भ्रमण नेपालको विकासको कोसेढुङ्गा सावित हुने दाबी गरेका छन ।

आरुघाट गाउँपालिकाको मान्वुमा तिहार सहित विभिन्न चाडपर्वको अवसरमा बिहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले चिन र भारत दुवै छिमेकी संग नेपालको सम्वन्ध बराबर रहेकोले दुवै देशबाट आपसी सम्वन्धको आधारमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मूलूक संघीयता प्रवेश गरे संगै दूरदराजका जनताले विकासको अनुभूति गर्न पाएको बताउँदै अवको एक वर्ष भित्र जिल्लाको गाउँ गाउँमा मोटरबाटो र घर घरमा धारा पु-याउने जानकारी दिए । विभिन्न पार्टी परित्याग गरेर सोही कार्यक्रममा एकसय ६१ जना स्थानीय युवाहरु नेकपामा प्रवेश गरेका छन ।