गोरखाखबर(गोरखा,७ कात्तिक) । एकीकृत माओवादी र एमाले एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गोरखाले पहिलोपटक सदरमुकाममा बिहीवार चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो । अपेक्षा गरिएको भन्दा उल्लेख्य सहभागी भए पछि आयोजक लाई कार्यक्रम व्यवस्थापन गर्न नै धौ धौ परेको थियो ।

करिब २ सय क्षमता रहेको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा अत्याधिक धेरै मानिसहरुको उपस्थितीका कारण हल बाहिर बसेर समेत कार्यक्रम सहभागीहरुले अतिथिको भाषण सुन्न परेको थियो । प्रदेशका कृषि मन्त्री तथा नेकपा गोरखाका अध्यक्ष लेख बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको मञ्चमा थिए ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संघीय सांसदहरु हरिराज अधिकारी, चुडामणी खड्का, जिल्ला इन्र्चाज कृष्ण धिताल, केन्द्रीय सदस्य परशुराम रम्तेल , नेपाली काँग्रेस गोरखाका सभापति हरि बहादुर घले, गोरखा नगरपालिका मेयर राजनराज पन्त, समाजवादी पार्टीका अध्यक्ष नारायण खत्री र नेकपा गोरखाका सचिव प्रेम गुरुङ लगायत । शुभकामना मन्तव्य चल्दै गर्दा बाहिर शुरु भयो चिया र खाजा वितरण । सहभागीहरुका लागि पार्टीका महिला कार्यकर्ताहरुले तयार गरेका थिए सेलरोटी ।
भिडियो