गोरखामा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्न पाउने


गोरखा खबर
  • मंगलबार, कार्तिक ५ २०७६

  • गोरखाखबर(गोरखा,५ कात्तिक) । स्थानीय प्रशासनले गोरखामा तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गर्न समय तोकेको छ ।

    जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलवार जारी प्रशासकीय अधिकृत गौतम भण्डारी द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ –“ साँस्कृतिक सम्वद्र्धन र प्रर्बधनका उद्देश्यले देउसी भैलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन । यस्ता कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवाञ्चित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुदा सुरक्षा लाई दृष्टिगत गरी देउसी भैलो लगायतका सार्वजनिक रुपमा गरिने साँस्कृतिक कार्यक्रमहरु राती १० बजे सम्म मात्र गर्न गराउन हुने सम्वन्धित सबैमा हार्दिक अनुरोध छ ।” साथै भँुइचम्पा, पटाका र आतसबाजी जस्ता विष्फोटक पदार्थको बालबालिका लाई प्रयोग गर्न नदिन नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेको सुचनामा उल्लेख छ ।

    सुचना

    प्रतिक्रिया

    सम्बन्धित समाचार