उर्जामन्त्रीद्वारा बुढीगण्डकीको बाँकी मुआब्जा निर्धारणको पहल शुरु


गोरखा खबर
  • आइतबार, कार्तिक ३ २०७६

  • गोरखाखबर(काठमाण्डौं, ३ कात्तिक) । उर्जामन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण बाँकी रहेको क्षेत्रको मुआब्जा निर्धारण तथा वितरणका लागि पहल थालेका छन । गोरखा र धादिङका सांसद तथा पूर्व सांसदहरु संग आइतवार उर्जा मन्त्रालयमा छलफल गरेका छन ।

    तस्वीर सौजन्य : सुमन आचार्य

    छलफलमा बुढीगण्डकी आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उर्जा मन्त्री पुनले यस आयोजना अघि बढाउने विषयमा शंका नगर्न आग्रह गरे । छलफलमा सहभागी गोरखा र धादिङका सांसद र पूर्वसांसदहरुले गोरखाको आरुघाट ,आरखेत, धादिङको बिशालनगर, खहरे लगायतका क्षेत्रको जग्गाको अझै मुआब्जा निर्धारण नहुदा स्थानीय थप पीडित भएकोले तत्काल मुआब्जा निर्धारण गरेर आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको उर्जामन्त्रीका स्वीकय सचिव सुमन आचार्यले जानकारी दिए । छलफलमा गोरखाका प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी, पूर्वमन्त्री चिनकाजी श्रेष्ठ, धादिङका प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी ,प्रदेशसभा सदस्य रामकुमार अधिकारी, पूर्वमन्त्री गंगालाल तुलाधार, पूर्वसांसद गुरु बुर्लाकोटी सहभागी थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार