भीमसेनथापामा निजी आवास पुननिर्माण सम्पन्नता प्रमाणपत्र वितरण


गोरखा खबर
  • आइतबार, कार्तिक ३ २०७६

  • गोरखाखबर(गोरखा,३ कात्तिक) । गोरखाको भीमसेनथापा गाउँपालिकामा निजी आवास पुननिर्माण सम्पन्न गरेका भूकम्प प्रभावितहरु लाई प्रमाणपत्र वितरण शुरु भएको छ ।

    पहिलो चरण अन्र्तगत ८ वटा वडाका ५२ जना घर सम्पन्न गरेका भूकम्प प्रभावित लाई प्रमाण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले प्रभावित लाई प्रमाणपत्र दिएर वितरण कार्यको थालनी गरेका हुन । पहिलो चरण अन्र्तगत भीमसेनथापा गाउँपालिका वडा नं १ मा १०, २ मा ५, ३ मा ४, ४ मा ५ ,५ मा ९, ६ मा ९ , ७ मा ४ र ८ मा ६ जना घर सम्पन्न गरेका भूकम्प प्रभावित लाई सम्पन्नताको प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले जानकारी दिइन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार