सुशासन प्रबद्र्धन बारे अन्तरक्रिया


गोरखा खबर
  • शनिबार, कार्तिक २ २०७६

  • गोरखाखबर(गोरखा,२ कात्तिक) । सुशासन प्रबद्र्धनमा नागरिक समाज र स्थानीय तहको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम शनिवार गोरखामा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले नगरपालिका मार्फत हुने हरेक विकास निर्माण योजनाको अनुगमन गरेर कमी कमजोरी औल्याइदिनु नागरिक समाजका प्रतिनिधिहरु लाई आग्रह गरे । नागरिक साझा सवाल गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठ, गैसस महासंघका सीताराम श्रेष्ठ , मानवअधिकारकर्मी यदु अधिकारी लगायतले धारणा राखेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार