गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित


गोरखा खबर
  • शुक्रबार, कार्तिक १ २०७६

  • गोरखाखबर(काठमाण्डौ.,१ कात्तिक) । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय परिषदको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन । काठमाण्डौंमा सम्पन्न निर्वाचनमा कूल २ हजार ३ सय ४१ मत खसेकोमा एकहजार एकसय ८१ मत ल्याएर पन्त विजयी भएका हुन । उनले प्रतिपष्पर्धी कूल आचार्य लाई पराजित गरेका हुन ।


    उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।महासचिवमा डा। हेमराज शर्माले जितेका छन् । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार