गोरखाखबर(गोरखा,३० असोज) । पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले विभिन्न स्वार्थका कारण नेपालकै विकासको कोशेढुङ्गा बुढीगण्डकी परियोजना लाई लात्ते भकुण्डो बनाएको आरोप लगाएका छन ।

दशैं, तिहार ,छठ लगायतका पर्वहरुको अवसरमा समाजवादी पार्टी गोरखाले बिहीवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले बुढीगण्डकी भन्दा अहिले तमोर राम्रो जस्ता प्रचारबाजी शुरु भएको बताए । उनले भने –“ स्याउ र सुन्तलाको तुलना हुन सक्छ । स्याउ भनेको स्याउ हो । सुन्तला सुन्तला नै हो । ” बुढीगण्डकी नेपालकै निम्ती आर्थिक विकासको गेम चेन्जर भएको पनि डा.बावुराम भट्टराईले तर्क गरे ।
भिडियो