भोटिङ्ग मेशिनको गडबढीले एनआरएनको मतदान स्थगित


गोरखा खबर
  • बुधबार, असोज २९ २०७६

  • गोरखाखबर(काठमाण्डौं,२९ असोज) । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि शुरु भएको मतदान भोटिङ्ग मेशिनमा आएको खराबीका कारण स्थगित भएको छ ।

    ढिलो गरी बुधवार राती शुरु भएको मतदानका क्रममा मेशिन विग्रिए पछि मतदान स्थगित भएको हो । मतदान स्थगित भए पछि सम्मेलनका प्रतिनिधिहरुले नाराबाजी गरेका थिए । विद्युतीय भोटिङ मेशिनमा आएको गडबढीका कारण मतदान स्थगित गर्नुपरेको र मतपत्र बाटै बिहीवार बिहान १० मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार