गोरखाखबर(गोरखा,२५ असोज) । सरकारले आइतवार (असोज २६ गते) सार्वजनिक बिदा दिएको छ । चिनका राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणको अवसरमा आइतवार सरकारले सार्वजनिक बिदा दिएको हो ।

असोज २३ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार आइतवार असोज २६ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोक कुमार राइद्वारा हस्ताक्षरित जारी सुचनामा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र निकायहरु, शिक्षण संस्थाहरु एवं विदेश स्थित नेपाली कुटनितिक नियोगहरु समेतमा सार्वजनिक बिदा हुने उल्लेख छ ।