विदेसिएका युवा लाई स्वदेश फर्काएर रोजगार बनाउँछौं : मन्त्री बस्नेत


गोरखा खबर
  • शनिबार, असोज २५ २०७६

  • गोरखाखबर(गोरखा,२५ असोज) । गण्डकी प्रदेश भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले रोजगारीको खोजीमा विदेसिएका युवाहरु लाई स्वदेश फर्काएर आत्मनिर्भर बनाउने योजनामा प्रदेश सरकार रहेको दाबी गरेका छन ।

    विजया दशमीको अवसरमा आरुघाट गाउँपालिका–१० डाँडागाउँमा आयोजित फूलपाती देउराली साँस्कृतिक मेलाको उद्घाटन गर्दै मन्त्री बस्नतेले भने –“ अब झिना मसिना विषयमा अल्झने होइन । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरेर स्वदेशमै रोजगारको वातावरण तयार गर्नु पर्दछ । ” विकास र समृद्धिको अहिले मूल एजेण्डा रहेको मन्त्री बस्नेतको भनाई छ । फूलपाती देउराली युवा क्लबले आयोजना गरेको उक्त मेलामा रबिन लामछिाने, हेमन्त आले, राजकुमार बाँनियाँ, राजु गुरुङ, सुमित्रा तामाङ, कल्पना गुरुङ र करिष्मा ढकालले विभिन्न सांगीतिक तथा मनोरन्जनात्मक प्रस्तुती गरेका थिए । क्लबले मेला आयोजना गर्नुका साथै गरिब असहाय लाई आर्थिक सहयोग लगायतका सामाजिक सेवाका कामहरु पनि गर्दै आएको क्लबका अध्यक्ष सुमन कार्कीले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार