बारपाक दौडको उपाधि बिर बहादुरले जिते


गोरखा खबर
  • आइतबार, असोज १९ २०७६

  • गोरखाखबर(गोरखा,१९ असोज) । ७ औं बारपाक खुल्ला दौड प्रतियोगिताको उपाधि बिर बहादुर गुरुङ्गले जितेका छन । स्नान देखि मनीडाँडा सम्मको ८ दशमलव ४ किलोमिटर दुरीको दौड प्रतियोगितामा बिर बहादुर गुरुङ्ग पहिलो भएका हुन ।

    तस्वीर सौजन्य : तेज बहादुर गुरुङ्ग

    उपाधि संगै उनले २५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र हात पारेका छन । बारपाक सुलिकोट गाउँपालिकाको प्रायोजक र स्थानीय बारपाक मित्रता क्लबले आयोजना गरेको दौड प्रतियोगितामा सुक बहादुर गुरुङ्ग दोस्रो र पुर बहादुुर गुरुङ्ग तेस्रो भएका छन । दोस्रो हुनेले नगद १५ हजार र तेस्रोले १० हजार पुरस्कार प्राप्त गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार